विश्वकप क्रिकेट: उपाधि इंग्ल्याण्डलाई

240
  •  
  •  
  •  

एजेन्सी । विश्वकप क्रिकेटको फाइनल खेलमा  न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्याण्डले विश्वकप जितेको छ ।

सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६ रन नै जोड्यो ।
सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्याण्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । त्यसअघि लर्डसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको थियो ।

इंग्ल्याण्डले घरेलु मैदानमा सम्पन्न विश्वकपको उपाधिसँगै ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । जुन पुरस्कार अहिलेसम्म कै सर्वा्धिक रकम हो । यस्तै उपविजेता बनेको न्युजिल्याण्डले २० लाख अमेरिकी डलरमा चित्त बुझाएको छ ।

त्यसअघि जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

विश्वकप क्रिकेटमा न्युजिल्याण्डका कप्तान केन विलियम्सन ‘प्लेयर अफ दि सिरिज’ बनेका छन् । यस्तै न्युजिल्याण्डलाई विश्वकपको उपाधि दिलाउन नसकेपनि विलियम्सन प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् ।


  •  
  •  
  •