काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्य निरुपण आयोगमा मुद्दा विचाराधिन रहेका व्यक्तिलाई सभामुखमा सिफारीस गरिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रवक्ता शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत कसैको नाम नलिइकनै उनले राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुने तर नेतृत्वले कुन पात्रलाई कस्तो प्रकृतिको जिम्मेवारी उपयुक्त हुन्छ भन्ने हेक्का राख्नुपर्ने बताएका छन् ।
दलहरुले जिम्मेवार पदमा उपयुक्त पात्र छनौट गर्न नसक्दा राजनीतिप्रति जनताको विश्वास गुमेको उनको भनाई छ। सांसदको नेतृत्व गर्ने व्याक्ति थप सालिन र सन्तुलनको संस्कार भएको हुनुपर्नेमा त्यस्तो हुन नसकेको उनले बताएका छन् ।