प्रसिद्ध बिस्केटजात्रा आजदेखि सुरु

218
  •  
  •  
  •  

काठमाडौं २७ चैत (ओएनएस) : भत्तपुरको प्रसिद्ध बिस्केटजात्रा आजदेखि सुरु हुँदैछ । नववर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धूमधामका साथ मनाइन्छ । जात्राको पहिलो दिन आज काठै काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखिन्छ ।

रथको अगाडि भागमा छ र पछाडि चार वटा लामो डोरी राखिएको हुन्छ । विस्केट जात्रा भक्तपुरको प्रसिद्घ जात्राहरू मध्य बिस्केट जात्रालाई प्रमुख रूपमा लिने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साझ ढालिन्छ ।

पचपन्न हात लामो उक्त लिङ्गो तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिएन्छ। लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ। त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिन्छ ।

भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धामिर्म मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउन्छन् ।


  •  
  •  
  •