गुण्डा नाइके विश्व क्रान्ति ललितपुरमा पक्राउ

558
  •  
  •  
  •  

ललितपुर, २४ चैत(ओएनएस) : ललितपुरका गुण्डा नाइके विश्व क्रान्ति सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर प्रहरीले हातहतियार तथा खरखजाना एवं ज्यानमार्ने उद्योग अभियोगमा फरार रहेका सिंहलाई पक्राउ गरेको हो । हैटौडाका विश्वले ठेक्कापट्टादेखि कमिसनको नाममा पैसा असुल गर्ने गरेको प्रहरीको आरोप छ ।

घुससहित रंगेहात पक्राउ परेका ललितपुर परिसरका मुद्दा शाखाका डिएसपी दयानिधि ज्ञवालीसँग पनि विश्वको सम्बन्ध रहेको प्रहरी स्रोतले बताएको छ ।


  •  
  •  
  •