विश्व विकास बैंक आठौं बर्षमा

440
  •  
  •  
  •  

काठमाडौं, ६ मंसिर (ओएनएस) : विश्व विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको सातौं बर्ष पूरा गरी आठौं बर्षमा प्रवेश गरेको छ ।

आफ्नो बार्षिकोत्सवको अवसर पारेर बैंकले लेखनाथको गगनगौंडामा रहेको राधाकृष्ण बृद्धाश्रममा रहेका १७ जना पुरुष तथा २८ जना महिला बृद्धबृद्धाहरुका लागि विविध उपयोगी सामग्रीहरु वितरण गरेको छ । सामग्रीहरु वितरण गर्दै बैङ्कका अध्यक्ष जगनवहादुर गुरुङ्गले बैङ्कको सफलताका लागि ग्राहक तथा शुभचिन्तकहरुकै ठूलो हात रहने कुरा ब्यक्त गरेका छन् ।

कार्यक्रममा बैङ्कका सञ्चालकहरु किशोर ओझा, अर्जुन बञ्जारा र सञ्जीव बानिया तथा बैङ्कका प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यको समेत उपस्थित रहेको थियो ।

जम्मा रू७ करोड ३२ लाखको चुक्ता पूँजीवाट सुरुवात भएको बैङ्कको हाल चुक्ता पूँजी रू३६ करोड ६ लाख रहेकोमा आगामी साधारण सभावाट अनुमोदन भए पश्चात वितरण हुने १७।३७ प्रतिशत बानेश शेयर पछि कुल चुक्ता पूँजी रू४१ करोड ९८ लाख पुग्नेछ ।
बैङ्कले गत आश्विन मसान्तसम्ममा रू३ अर्व ८४ करोड निक्षेप संकलन तथा रू३ अर्व ३५ करोड कर्जा लगानी गरी रू३ करोड ४६ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।


  •  
  •  
  •