अर्थमन्त्री पौडेल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

60
  •  
  •  
  •  

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्रा बीच  मंगलबार अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

उक्त भेटमा अर्थमन्त्रीले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर
प्राप्त सहयोगको लागि धन्यवाद दिएका थिए । अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र
लगानी, कोभिड – १९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको
सहयोगको लागि धन्यवाद दिए । साथै, कोभिड – १९ विरुद्ध नेपाल सरकारले
चालेका कदमको जानकारी गराउनु हुँदै यस विरुद्ध सहकार्यको आवश्यकता रहेको
बताए ।

राजदूत क्वात्राले माननीय अर्थमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको
शुभकामना दिए । उनले नेपाल र भारत बीच धेरै पुरानो सम्बन्ध भएको उल्लेख
गर्दै भारत सरकारले नेपालसगँ सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता
दिने बताए ।


  •  
  •  
  •