फैसला भएको साढे १० महिनापछि पूर्णपाठ आयो

202
  •  
  •  
  •  

काठमाडौँ, १३ बैशाख(ओएनएस) : विशालबजार भष्ट्राचार प्रकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले साढे १० महिनाअघि गरेको फैसलाको पूर्ण पाठ पक्षहरूले बल्ल प्राप्त गरेका छन् ।

न्यायाधीश चोलेन्द्र शमशेर जबराले फैसलामा सही गर्न ढिलाई गरेपछि फैसलाको पूर्णपाठ पक्षहरूले पाएका थिएनन् । फैसला करिब ७ महिना न्यायाधीश चोलेन्द्रको घर्रामा थन्किएको थियो । विशाल बजारको भष्ट्राचार प्रकरणको न्यायाधीशद्वय गोपाल पराजुली र चोलेन्द्र शमशेर जबराको संयुक्त इजलासले मुद्धाको फैसला गरेको थियो । मुद्धाको फैसला भएपछि पनि पूर्णपाठ तयार गर्नका लागि करिब तीन महिना लागेको थियो ।

[tabs type=”horizontal”][tabs_head][tab_title][/tab_title][/tabs_head][tab]विशालबजार भष्ट्राचार प्रकरण[/tab][/tabs]

फैसला तयार भएपछि न्यायाधीश पराजुलीले फैसलामा सही गरेर चोलेन्द्रलाई पठाएका थिए तर उनले उक्त फैसलामा सही नगरिदिँदा फैसला भएको करिब साढे १० महिनासम्म पक्ष पूर्णपाठका लागि अदालत धाउन बाध्य भएका थिए ।

यसरी फैसलाको पूर्णपाठ आउन ढिलाई हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० वर्षअघि अभियोजन गर्न खोजेको भ्रष्टाचार मुद्दा थन्किएको छ । न्यायाधीशको ढिलाइकै कारण सरकारी संस्थानहरुको ३४ प्रतिशत सेयर लगानी रहेको विशालबजार कम्पनीको वार्षिक साधारणसभा हुन सकेको छैन । न्यायाधीशले समयमा फैसलामा सही नगरिदिँदा कम्पनीमा वैधानिक नेतृत्व चयन हुन सकेको छैन । फलस्वरुप कम्पनी लामो समयदेखि तदर्थ नेतृत्वका भरमा चलेको छ । निर्वाचित नेतृत्व नहुँदा कम्पनीमा आर्थिक अनियमितता र प्रशासनिक विकृति मौलाएको छ ।

सम्बन्धित समाचार :

आफैले गरेको फैसला महिनौँदेखि चोलेन्द्रको घर्रामा


  •  
  •  
  •