‘बर्थ डे’मनाउँदा पनि हिसावकिताव खोजिने

91
  •  
  •  
  •  

काठमाडौं,असार ६ – समाजमा अब कसैको जन्मदिनका अवसरमा गरिने खर्चको हिसावकिताव पनि सरकारलाई बुझाउनुपर्ने भएको छ ।

सामाजिक व्यवहार सुधार ऐन २०३३ खारेज गर्दै सरकारले ल्याएको सामाजिक व्यवहार सुधार विधेयक २०७१ मा जन्मदिनमा गरिने खर्चको हिसवाकिताव पनि खोजिएको छ ।

सर्वसाधारण जनताको आर्थिक हित कायम गर्न तथा सामाजिक व्यवहारलाई सरल, स्वच्छ, मितव्ययी एवं मर्यादित बनाउन यस्तो व्यवस्था राखी सरकारले ऐन बनाउने क्रममा व्यवस्थापिका संसद्मा यस्तो विषय उल्लेख गरी विधेयक दर्ता गरेको हो ।

विधेयकमा जन्मोत्सव खर्चवापत लागेको रकमको हिसावकिताव १५ दिनभित्र सम्बन्धित बड समिति वा गाउँ विकास समितिको कार्यालयमा बुझाउनुपर्ने व्यवस्था राखिएको छ ।

जन्मोत्सवका अतिरिक्त विवाह, विवाह सम्बन्धमा विवाहअघि वा पछि गरिने कार्यक्तम, मृत्यु संस्कार, पितृमातृ कार्य वा अआफ्नो कुलरित ,धर्म, वा संस्कृतिअनुसार गरिने अन्य कार्य वा समारोहमा पनि यो नियम लागू गरिने भएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ऐनको नियमविपरित कार्य गरेमा प्रत्येक पटक थप २५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।

राजधानी दैनिक


  •  
  •  
  •