ठोरी गाउँपालिकाको कार्यालय सारिएकोमा स्थानीयको आपत्ति, कामकाज ठप्प पारेर आन्दोलनगर्ने चेतावनी

677
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (अाेएनएस): पर्सा जिल्ला ठोरी गाउँपालिकाको कार्यालय सारिएकोमा स्थानीयबासीले विरोध गरेका छन्। आइतबार पत्रकार सम्मेलन गरेर ठोरी सुवर्णपूर संघर्ष समितिले विरोध गरेको हो ।

राज्यपुनसंरचना आयोगद्धारा नै सुवर्णपुर स्वापनगरि सेवादिदै आएकोमाहालआएर गाउँपालिकाअध्यक्षपदमलालश्रेष्ठले कथितगाउँसभाको नाममाउपाध्यक्ष र वडाध्यक्षहरु लगायतका जनप्रतिनिधीहरुलाई समेत वेवास्ता गरी एकल ढंगले घ्याङ डाँडामा ठोरी गाउँपालिकाको कार्यालय सेवा केन्द्र सार्ने प्रयत्नगरिएको भन्दै समितिले त्यसको विरोध गरेको हो ।

उक्त निर्णयको विरुद्ध ठोरी सुवर्णपूर संघर्ष समिति गठन गरी यथास्थानमा गाउँपालिका कार्यालय स्थापना गरियोस् भनी संघर्ष समितिले संघर्षका कार्यक्रम अगाडि सार्दै संघर्ष गर्दै आइरहेको छ ।

पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष जरी लामाले गाउँपालिका अध्यक्षले अवैधानिक ढंगले गाउँसभा राखेर कार्यालय सार्ने निर्णय गराएको आरोप लगाए ।

“एकैदिनमादुईवटा गाउँसभा राखेर अन्य जनप्रतिनिधीहरुको वेवास्ता गर्दै षडयन्त्रपूर्वक ढंगले कानु नविपरित गरिएको निर्णय हामीलाई मान्य छैन ।” लामाले भने ।

उक्त निर्णय तत्कालफिर्ता लिई जनतासँगमाफीनमागेसम्म संघर्ष नरोकिने लामाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सुवर्णपुर काठमाण्डौ संघर्ष समन्वयसमितिका संयोजक खड्ग श्रेष्ठले जनताको लोकतान्त्रिकअधिकारको हनन गर्दै अधिनायकवादलाद्ने कामगाउँपालिकाअध्यक्षले गरेको आरोप लगाए ।

उक्त निर्णविरुद्ध सम्पूर्ण जनता, नागरिक समाज लगायतका सरोकारवाला सस्थाहरुले समेत यस विषयमाध्यानाकर्षण हुनुपर्ने श्रेष्ठले बताए ।

ठोरी गाउँपालिकाको कार्यालय सार्ने कामले अन्यत्र पनि निरन्तरता पाउन सक्ने भन्दै ठोरी गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामबहादुर पाख्रिनले गाउँपालिका अध्यक्षले मनोमानी तरिकाले गाउँपालिका सार्ने निर्णय गरेको आरोप लगाए ।

समितिले यस सम्बन्धमा स्थानीय निकायदेखि केन्द्र सरकारसम्म जानकारी गराइसकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

संघर्ष समितिले निर्णय नसच्याए सम्म अनिश्चितकालिन रुपमा गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएको छ ।


  •  
  •  
  •