पीडीएको विरोधमा वैद्य र चन्दको छुट्टाछुट्टै कार्यक्रम

100
  •  
  •  
  •  

काठमाडौं ४ असोज (ओएनएस) :  नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र सचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले छुट्छाछुट्टै वक्तव्य निकालेर आन्दोलनको घोषणा गरेका छन् ।

अध्यक्ष वैद्यले पीडीएको विरोधमा असोज ७ देखि देशव्यापी रुपमा विरोध कार्यक्रम गर्ने बताएका छन् । त्यस्तै पश्चिम कमाण्डको इन्चार्ज रहेका विप्लवले भेरी कर्णारी र सेती महाकाली क्षेत्र वन्दको घोषणा गरेका छन् ।

‘अत्यन्तै सस्तोमा उत्पादन हुन सक्ने माथिल्लो कर्णाली जलविद्युत परियोजनालाई भारतीय कम्पनीको हातमा सुम्पेर ८८ प्रतिशत विद्युत निर्यात गर्ने र नेपाललाइ लोडसेडिङको समस्याबाट मुक्त गराउने भनिएको छ,‘ वैद्यको वक्तव्यमा उल्लेख छ,‘यसले देशलाई उज्यालो होइन झन अन्धकार बनाउने देखिएको छ ।’

त्यस्तै विप्लवको चन्दको विज्ञप्तिमा राष्ट्रघाती र जनघाती सम्झौता  देश र जनताको लागि कपदापी स्वीकार्य नहुने भनिएको छ । साथै सम्झौताको खारेजी र नेपाली जनताको हित अनुकुल माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणका लागि पश्चिम कमाण्डले बन्द गर्न लागिएको विप्लवको विज्ञप्तिमा छ ।


  •  
  •  
  •