वीरगञ्ज उपमहानगरपालिका बजेट १ अर्ब ३८ करोड

292
  •  
  •  
  •  

वीरगञ्ज, २० चैत(ओएनएस) : वीरगञ्ज उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०७३/०७४ का लागि १ अर्ब ३८ करोड २० लाख ३२ हजार रूपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । यसका साथै आर्थिक वर्षका लागि नयाँ नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

वीरगञ्ज उपमहानरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले आगामी आवका लागि वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरको विकास, सेवा र सुविधा बिस्तारलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले नगरबासीलाई सुशासनको अनुभूति दिलाउने, नगरभित्र सार्वजनिक सम्पति अतिक्रमण रोक्ने तथा संरक्षण गर्ने र वातावरण संरक्षण एवं पिछडिएको समुदायको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन् ।

स्थानीय प्रजातन्त्रको सुदृढीकरण, लोकतन्त्रका लाभको न्यायोचित वितरण, लैङ्गिक समानता र समावेशी विकास तथा सामाजिक वञ्चितीकरणमा परेका समुदायको सबलीकरणमार्फत नगर विकासलाई अगाडि बढाउने कार्यक्रमसहित बजेट विनियोजन गरिएको उनको भनाई थियो ।

‘स्वस्थ्य, सुन्दर विकासको सहरः वीरगन्ज नगर’ नारासहित उपमहानगरपालिकाले साधारण खर्चतर्फ १७ करोड ६९ लाख ७१ हजार रूपैयाँ , कार्यक्रम खर्चतर्फ १८ करोड ९६ लाख ४२ हजार रूपैयाँ तथा पुँजीगत खर्चतर्फ एक अर्ब एक करोड ५४ लाख १९ हजार रूपैयाँ बजेट प्रक्षेपण गरेको छ ।


  •  
  •  
  •