बीरगञ्ज भन्सार कार्यालयमा आगलागी

173
  •  
  •  
  •  

बीरुगञ्ज १५ बैशाख (ओएनएस ) : वीरगन्ज भन्सार कार्यालयमा आगलागी भएको छ। मङगलवार साँझ बिद्युतको तार सर्ट भएर आगलागी भएको भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयको भारतीय सवारी सधानका लागि अस्थायी पास उपलब्ध गराइने इन्ट्रि शाखामा आगलागी भएको हो। आगलागीबाट इन्ट्रि शाखामा रहेको दराज , टेबुल , कुर्सी लगायतका फर्निचर तथा कागजपत्र सहितका सामान जलेर नष्ट भएको छ। आगलागीबाट करिब एक लाख मुल्य बराबरको क्षति भएको भन्सार कार्यालयले जनाएको छ ।


  •  
  •  
  •