काठमाडौ, १६ मंसिर (एजेन्सी) : आतंककारीहरुले हमलाको नयाँ तरिका अपनाउन थालेका छन् । अफगानिस्तानका आंतककारीहरूले आत्मघाती हमलाका लागि चराहरुको प्रयोग गर्न थालेका छन् । अफगानिस्तानको प्रहरीले एक चरालाई मारेको थियो । उक्त चराको शरिरमा विस्फोटक पदार्थ, जीपीएस र डेटोनेटर बाँधिएको थियो ।
यस्तो घटना अमेरिकाको नेतृत्वमा रहेको नेटोले अफगानिस्तान छोड्ने समयमा देखिएको छ । अफगानिस्तान प्रहरीका मेजर जनरल अब्दुल नबी एललहामले सोमबार उक्त जानकारी दिएका हुन् । उनले भने, ‘फरबाय प्रान्तको प्रहरी अधिकारीहरूले नयाँ किसिमको चरालाई तारमा अड्किएको देखे । उक्त चरालाई उनीहरुले मारे । उक्त पन्छी सामान्य अवस्थामा तुर्केमिनिस्तानमा पाइन्छ ।’
यसभन्दा पहिले अफगानिस्तानको प्रहरी अधिकारीहरूले आतंककारीहरूसँग लड्नका लागि आफूहरूसँग पर्याप्त तयारी नरहेको बताएका थीए । हेल्मन्द प्रान्तको प्रहरी कप्तान अब्दुल्ला अनवरीका अनुसार उनको क्षेत्रमा तालिवान आतंककारीहरूले हमला गरिरहन्छन् । तर, आफुहरूसँग लड्नका लागि हतियार तथा उपकरणहरूको कमी रहेको बताए ।