तीन नाकामा बर्डफ्लू चेक प्वाइन्ट

344
  •  
  •  
  •  

काभ्रेपलान्चोक, ५ चैत(ओएनएस) : काठमाडौं लगायत अन्य जिल्लाका कुखुरामा बर्डफ्लू देखिएपछि काभ्रेपलान्चोकको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने भएको छ ।

जिल्लामा बर्डफ्लुजन्य संक्रमण निभित्रियोस् भन्ने उद्देश्यले मंगलटार, साँगा र नाला नाकामा बर्डफ्लूजन्य संक्रमण चेक प्वाइन्ट राख्ने निर्णय गरेको हो ।

केन्द्र प्रमुख डा.मोगलप्रसाद शाहका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ । नेपाल भेटेरिनरी एशोसिएशनले पक्षी स्वस्थ भएको चेक प्वाइन्टमा प्रमाणपत्रको जाँच गरेर मात्रै जिल्लामा भित्रिन दिनेछ ।

डा.शाहले प्रहरी कार्यालयसँगै चेक प्वाइन्ट राखिने भन्दै पक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन नदिइने बताए ।

केन्द्रले पूर्वी तराईबाट सिन्धुली हुँदै विपी राजमार्गमार्फत राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मंगलटार नाका, काठमाडौंबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको हो ।

यसका लागि केन्द्रले स्थानीय तहलाई पत्राचार गरिसकेको छ । तोकिएका नाकामा आजैबाट जाँच शुरु गर्ने तयारी गरिएको छ ।

आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरालाई प्रोगशालामा पठाइनेछ ।  केहि दिनअघि काठमाडौंको तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टिको थियो ।


  •  
  •  
  •