भक्तपुरमा भेटियो बर्डफ्लु

248
  •  
  •  
  •  

भक्तपुर, २१ चैत(ओएनएस) : भक्तपुरमा बर्डफ्लु भेटिएको छ ।  सूर्यविनायक नगरपालिका वडानम्बर ४ दधिकोटमा रहेको एक कृषि फार्ममा बर्डफ्लु देखिएपछि त्यहाँका कुखुरा बुधबार बेलुका नष्ट गरिएको छ ।

दधिकोट तर्खगालको सञ्चालित उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा पालिएका लेर्यस जातका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको पुष्टि भएको हो ।

एच.वान.एन. वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि फार्ममा रहेका २ हजार ९ सय ८५ कुखुरा र २ हजार १ सय वटा अण्डा र १ सय ५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटनरी अस्पतालका पशुसेवा विज्ञ डा. चन्द्र ढकालले जानकारी दिएका छन् ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको छ ।

सो क्षेत्र वरपरका चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ ।  खाली रहेका खोरलाई पनि संक्रमण मुक्त गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको बताइएको छ ।


  •  
  •  
  •