६५ वर्षमै वृद्धभत्ता, ४ जना महासेनानीलाई बढुवा गर्ने सरकारको निर्णय

1040
  •  
  •  
  •  

काठमाडौं, ११ माघ (ओएनएस): बालुवाटारमा हिजो बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न विषयमा निर्णय गरेको छ । बैठकले सामाजिक सुरक्षा अन्र्तगत जेष्ठ नागरिकले पाउने भत्ता अब ६५ वर्षमै पाउने निर्णय गरेको  छ ।

यसअघि सरकारले ७० वर्षको उमेर पुगेपछि मात्र दिइँदै आएको बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको प्रधानमन्त्री तथ मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

त्यस्तै सरकारले यसअघि भूकम्प पीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएकामा थप एक लाख रुपैयाँ दिने निर्णय समेत गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । त्यस्तै ४ जना महासेनानीलाई बढुवा गर्ने निर्णय समेत मन्त्रीपरिषद्ले गरेको छ ।


  •  
  •  
  •