बर्ड फ्लू भेटिएपछि झन्डै १४ सय कुखुरा नष्ट

661
  •  
  •  
  •  

भक्तपुर, २७ चैत(ओएनएस) : भक्तपुरको सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको अनुस्कृत कुखुरा फार्ममा बर्ड फ्लू भेटिएपछि मंगलबार राति झन्डै १४ सय कुखुरा नष्ट गरिएको छ ।

मधुराम न्यौपानेको कुखुरा फार्ममा रहेका ब्रोइलर कुखुरामा बर्ड फ्लू भेटिएपछि एक हजार तीनसय ७५ ब्रोइलर कुखुरा नष्ट गरिएको जनाइएको छ ।

फार्ममा रहेका कुुखुरामा ‘एच वान एन वान’ बर्ड फ्लूको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले जानकारी दिए ।

गत बुधबार पनि त्यही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्ड फ्लू भएको पुष्टि भएको थियो । सो फार्मका दुई हजार नौ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।


  •  
  •  
  •