तारकेश्वरमा फेरि बर्डफ्लू भेटियो

419
  •  
  •  
  •  


काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार एकैदिन साढे १२ हजार बढी कुखुरा नष्ट गरिएको छ ।
विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ ।

फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना पनि नष्ट गरिएको छ । यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ ।

फार्ममा रहेको ७५० किलो दाना पनि नष्ट गरिएको छ । यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको १०० वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको छ ।


  •  
  •  
  •