नेपालमा पहिलोपटक मान्छेमा देखियो बर्डफ्लु, एक युवकको मृत्यु

564
  •  
  •  
  •  

काठमाण्डौ, १९ वैशाख(ओएनएस): नेपालमा पहिलो पटक बर्डफ्लूको कारणले मानिसको ज्यान गएको पुष्टि भएको छ ।

सामान्यतया चरा तथा कुखुरामा देखा पर्ने बर्डफ्लू मानिसमा पनि संक्रमण भएर एक जनाको मृत्यु भएको विहिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि भएको हो । सुरुमा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको चैत १५ गते नै ज्यान गएको थियो । ति युवकको र्‍यालको परिक्षण गर्दा उनलाई बर्डफ्लू भएको पुष्टि भएको छ भने मन्त्रलयले मृतकको नाम भने खुलाएको छैन ।


  •  
  •  
  •