विराटनगरमा बन्दको प्रतिकारमा व्यापारी

139
  •  
  •  
  •  

विराटनगर, ११ कात्तिक(ओएनएस) : अढाई महिना यताको बन्दले आजित बनेका विराटनगर मेनरोडका व्यापारीहरू बन्दको प्रतिकारमा उत्रिएका छन् । बन्द गराउदै हिडेका मधेसी मोर्चाका कार्यकर्ता विरुद्ध व्यवसायी प्रतिकारमा उत्रिएका हुन् ।

विराटनगर मेनरोडमा बन्दको प्रतिकारमा व्यापारी उत्रिएपछि बन्दकर्ता र व्यवसायीबीच बुधबार झडपको स्थिती सिर्जना भएको छ ।

बुधबार साढे ११ बजे बन्द गराउँदै हिडेका मधेसी मोर्चा र व्यवसायीबीच झडपको स्थिती सिर्जना भएपछि दुवै पक्षलाई लखेटेको प्रहरीले जनाएको छ । मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रमोद खरेलले भने, ‘ झडप हुन दिएनौ दुवै पक्षलाई तितरवितर बनायौ ।’


  •  
  •  
  •