डुबानमा परेको विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

375
  •  
  •  
  •  

biratnagar 1
मोरङ, ३ भदौ (अाेएनएस) : बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ ।

धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले जानकारी दिए ।

सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ । आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन भने बुद्धले आईतबार र नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने कार्यालय प्रमुख सिंहले बताए ।


  •  
  •  
  •