विवादास्पद कम्पनीले तेल ल्यायो

269
  •  
  •  
  •  

विराटनगर, १० पुस(ओएनएस) : पेट्रोल ल्याउन आयल निगमबाट नियम विपरित २० करोड रुपैयाँ पेस्की लिएपछि विवादमा तानिएको विराट पेट्रोलियम प्रालिले पेट्रोल ल्याउन सुरू गरेको छ । विराटलाई नियम विपरित तेल ल्याउन स्विकृति दिएपछि आलय निगमका प्रमुख गोपाल खडका विवादमा तानिएका थिए ।

पछिल्लो समय सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ ल्याउन स्विकृती दिएपछि विवादास्पद कम्पनी विराट पेट्रोलियमले तेल ल्याउन सुरु गरेको हो । निजीक्षेत्रको रुपमा विराटले पहिलो पटक सडक मार्ग हुँदै भारतबाट पेट्रोलियम पदार्थ आयात गरेको बताइएको छ ।

पछिल्लो समय तेल बढि मुल्यमा तेल ल्याउन आयल निगमबाट स्विकृती लिएपछि विवादमा तानिएको विराट पेट्रोलियम प्रालीले भारतको हल्दिया पेट्रोल केमिकल्सबाट पेट्रोलियम पदार्थ ल्याएको हो ।

विराटनगर भन्सार कार्यालयका अनुसार बिहिबार विराटनगर नाका हुदै ५ टयांकर पेट्रोल नेपाल भित्रिएको छ । विराटनगर भन्सार कार्यालयका अनुसार विराट पेट्रोलियमले आयात गरेको ९७ हजार लिटर पेट्रोल बोकेका ५ वटा टयांकर बिहिबार नेपाल भित्रीएका हुन् ।

नेपाल आयल निगमको एकाधिकार तोड्दै मन्त्रीपरिषदको गत कार्तिक २ गतेको बैठकको निर्णयले निजी क्षेत्रलाई विदेशबाट पेट्रोलियम पदार्थको खरिद र आयात गर्न सक्ने बाटो खुला गरेको थियो । यस अघि पेट्रोल म्याक्स नामक कम्पनीले हवाइ जहाज मार्फत भारतबाट हवाइ इन्धन आयात गरेको थियो ।


  •  
  •  
  •