श्रीलङका विरुद्ध विराटले हाने सतक, जयसुर्यालाई पछारे

302
  •  
  •  
  •  

birat
मुम्बई, १५ भदौ (एजेन्सी) : भारत र श्रीलंकाबीचर जारी एकदिवसीय क्रिकेट शृंखलाको चौथो खेलमा भारतीय कप्तान विराट कोहलीले आक्रामक सतक प्रहार गरेका छन् ।

एकदिवसीय खेलहरुको २९ औं शतक पूरा गर्दै उनले शतक प्रहार गर्ने रेकर्डमा सनथ जयसूर्यालाई पारेका छन् । उनी अब तेस्रो नम्बरमा उक्लेका छन् । अहिलेसम्म एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी सचिन तेन्दुलकरले ४९ वटा शतक प्रहार गरेका छन् । त्यसपछि रिकी पोंटिंगले ३० शतक प्रहार गरेका छन् । जयसूर्याको २८ शतक प्रहार गरेका थिए । जसलाई अहिले कोहलीले पछि पारेका छन् । कोहली अब रिकी पोंटिंग भन्दा मात्र १ शतकले पछि छन् ।

२९ शतक प्रहार गर्न कोहलीले १९३ औं खेलमा १८५ इनिंग ब्याटिंग गरेका छन् । मात्र ७६ बलमा शतक पुरा गरेका कोहलीले १४ चौका र १ छक्का प्रहार गरेका थिए । कोहली १३१ रन बनाउदै लासिथ मालिंगाको बलमा आउट हुन पुगे।

कप्तानको रुपमा बिराट कोहलीले ७ वटा शतक प्रहार गरिसकेका छन् जुन रेकर्डमा धोनीलाई पछि पारेका छन् । भारतको कप्तानको रुपमा कोहलीले वानडेमा ६ वटा शतक बनाएका छन् । भारतको लागि कप्तानको रुपमा अहिलेसम्म सौरभ गांगुलीले ११ वानडे शतक प्रहार गरि अग्रस्थानमा छन् ।


  •  
  •  
  •