विराट कोहली मेरा प्रेमी : मोडल इजाबेल

410
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख (बीबीसी) : क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको दोस्तीबारे अहिले चारै तिर निकै चर्चा छ ।
तर अब अर्की एक अभिनेत्रीले पनि विराटसँग सम्बन्ध रहेको दाबी गरेकी छन् । ब्राजिलियन मोडल तथा अभिनेत्री इजाबेल लीटले आफूहरुले दुई वर्षसम्म ‘डेट’ गरेको मिडियालाई बताएकी छन् ।
इजाबेलको सम्बन्ध भारतकै उद्योगपति सिद्धार्थ माल्यासँग रहेको बताइने गरेपनि उनले त्यसको खण्डन गरेकी छन् । इजाबेलले सिद्धार्थ आफ्ना साथीमात्रै भएको बताएकी छन् ।
ब्राजिलियन इजाबेल मोडलिङका साथ बलिउडमा करियर बनाउन संघर्षरत छिन् ।

  •  
  •  
  •