विश्वकपका क्रममा विराट र अनुष्का छुट्टिने !

130
  •  
  •  
  •  


काठमाडौ, ४ माघ(एजेन्सी) : विश्वकपका क्रममा भारतीय क्रिकेट टोलीका प्रमुख सदस्य विराट कोह्ली र नायीका अनुष्का शर्मा एकसाथ बस्न नपाउने भएका छन् ।
बीसीसीआईले खेलाडीहरूलाई वर्ल्डकपका क्रममा आफ्नी पत्नी तथा प्रेमिकाको साथमा एकै कोठामा बस्न नपाउने बताएपछि विराट कोह्ली र अनुष्का एकसाथ बस्न नपाउने भएका छन् । तर, यस विषयमा बिसीसीआईको तर्फबाट यसको आधिकारिक पुष्टी भने भएको छैन् ।


क्रिकेट बोर्ड स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले पछिल्लो विश्वकपमा जस्तै एकाग्रता कायम गर्नका लागि पत्नी तथा प्रेमीकाको साथमा रहने अनुमति नदिने निर्णय गरिएको बताएका छन् । यो निर्देशनपछि पछिल्लो केही खेलका क्रममा विराटको हरेक शटमा अनुष्काको ताली र सेन्चुरीपछि विराटले अनुष्कालाई दिने फ्लाइंग किसमा अंकुश लाग्न सक्नेछ ।


बीसीसीआई स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले ४४ दिनसम्म चल्ने वर्ल्ड कपका क्रममा खेलाडीहरूको पत्नीहरूलाई केही छुट दिएपनि प्रेमिकालाई भने होटेलमा एक साथ रहन दिइने छैन् । खेलाडीका पत्नी, प्रेमिका र परिवारका मानिसहरूलाई वर्ल्ड कपमा जान पनि बीसीसीआईलाई कुनै आपत्ती नभएको बताइएको छ । नयाँ नियम अनुसार उनीहरू टोली बसैकै होटेलमा भने बस्न पाउने छैनन् ।


  •  
  •  
  •