पास्नीको भोज खाएकामध्ये २५ जना बिरामी

198
  •  
  •  
  •  

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ चिसापानीमा एक घरमा शुक्रबार पास्नीको भोज खाएकामध्ये २५ जना बिरामी परेका छन् ।


स्थानीय राजाराम मिजारको छोरीको भोज खाएकामध्ये २५ जनालाई फुड प्वाइजन भएर बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बिरामी परेकाहरुलाई गाउँबाट उद्धार गरी गजुरीमा रहेको गजुरी अस्पताल प्रालिमा भर्ना गरिएको छ ।

बिरामीमध्ये ५ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । १६ महिला र ९ जना पुरुषको उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई वाकवाक लाग्ने, वान्ता हुने, पेट दुख्ने जस्ता समस्या देखिएको थियो ।


  •  
  •  
  •