अस्पतालमा उपचाररत बिरामी झ्यालबाट हाम्फालेर गरे आत्माहत्या

338
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) : अस्पतालमा उपचाररत बिरामी झ्यालबाट हाम्फालेर आत्माहत्या गरेका छन्। भरतपुर अस्पतालमा उपचाररत पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाले झ्यालबाट हाम्फालेर आत्मा हत्या गरेका छन् ।

सुब्बाले अस्पतालको झ्यालबाटै हामफालेर आत्मा हत्या गरेको पुष्टि चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले गरे।

भरतपुर अस्पतालको मेडिकल वार्डमा उपचाररत सुब्बाले आइतबार साँझ करिब ५ः३० बजे अस्पतालको झ्यालबाट हाम्फालेर आत्मा हत्या गरेको प्रहरीले जनाएको छ ।

उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना भएका थिए ।

 


  •  
  •  
  •