वर्तमान सरकारकाे लक्ष्य देशलाई भ्रष्टाचारमुक्त बनाउने : प्रधानमन्त्री ओली

273
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो कार्यकालमा देशलाई भ्रष्टाचार मुक्त बनाउने बताएका छन्।

नेपालको सबैभन्दा पुरानो र जेठो अस्पताल वीर अस्पतालको गुरुयोजनाअन्तर्गत वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै प्रधामन्त्री अाेलीले भने,’म भ्रष्टाचार गर्दिन, गरेको पनि सहन्न।’ देशमा आर्थिक समृद्धिसहितको गतिशील विकासको यात्रा शुरु भएको प्रधानमन्त्री अाेलीले बताए।

समयसीमाभित्र हरेक योजना तथा काम सम्पन्न गर्नैपर्छ, सीमाभित्र काम सम्पन्न नगर्नेमाथि कारबाही हुन्छ, अनुगमनमाथि अनुगमन हुन्छ” प्रधामन्त्री ओलीले भने ।

वि.सं. २०७७ भित्र मैले शिलान्यास गरेको भवन निर्माण सम्पन्न हुनैपर्नेमा जोड दिँदै उनले समयभित्र भवन निर्माण सम्पन्न गराउन आफूले नयाँ परम्परा बसाल्ने जानकारी समेत दिए ।

 

सर्जिकल भवन यस्तो बन्दै छ

नौ तलाको अत्याधुनिक सो भवनभित्र १५ वटा चिकित्सा विज्ञानका अत्याधुनिक शल्यक्रिया (अपरेश थिएटर) रहने छन् । यसैगरी पोष्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल अति सघन कक्ष र पुस्तकालय रहने छन् ।

साथै ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवा मैत्री भवन बन्नेछ । नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।


  •  
  •  
  •