वीर अस्पतालको जारी आन्दोलन टुंगियो

262
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) : आवासीय चिकित्सक संघको आहृवानमा मुलुककै जेठो वीर अस्पतालमा जारी आन्दोलन टुंगिएको छ ।

आवासीय चिकित्सक संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र स्वास्थ्य मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएसँगै आन्दोलन टुंगिएको हो । साउन ११ गतेदेखि संघले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेको थियो ।

संघका अध्यक्ष डा. मंगल रावलका अनुसार उपकरण आपूर्ति, सिनेटको नियमित बैठक, दीक्षान्त समारोह, आवासीय चिकित्सकहरुलाई आवास उपलब्ध गराउनेलगायतका सम्झौता भएका छन् ।

रावलका अनुसार मंगलबारदेखि वीर अस्पतालको सेवा सुचारु हुनेछ ।


  •  
  •  
  •