वीर अस्पतालको फार्मेसीमा लगाइयो महानगरको डोजर, पार्क बनाइने

40
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि भागमा रहेको फार्मेसीमा पनि डोजर लगाएको छ ।

पार्क बनाउँछु भनेर अनुमति लिएको स्थानमा फार्मेसी संचालन भएको पाएपछि महानगरले उक्त स्थान भत्काएको हो ।

अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ । वीर अस्पतालकै आग्रहमा डोजर चलाएको महानगरले बताएको छ । अब उक्त स्थानमा पार्क बनाउने बताइएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here