विप्पा सम्झौता गर्न चीन सरकारलाई पत्राचार

534
  •  
  •  
  •  

Nepal Vs chinaकाठमाडौं, २५ मंसिर (ओएनएस) : नेपाल सरकारले छिमेकी मुलुक चीनसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा)का लागि परराष्ट्रमन्त्रालय मार्फत् बिहिबार चीन सरकारलाइ पत्राचार गरेको छ ।

उद्योगमन्त्रालयका सह–सचिव महेश्वर न्यौपानेका अनुसार चीन सरकारले २०६८ साल मंसिरमा विप्पाका लागि ड्राफ्ट पठाएको थियो ।

चीन सरकारले पठाएको सो ड्राफ्ट विभिन्न मन्त्रालयबीच आन्तरिक छलफल पश्चात् उद्योगमन्त्री महेश बस्नेतले सदर हस्ताक्षर गरी परराष्ट्रमन्त्रालय मार्फत् पठाइएकोे छ ।

यसअघि नेपालसँग वेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा) भएको छ ।

“हालसालै भारतसँग गरिएको विप्पा मोडेलमा चीन सरकारले पठाएको ड्राफ्टलाई परिमार्जन गरि पठाएका छौँ, चीनबाट के कस्तो प्रतिक्रिया आउछ त्यस बमोजिम प्रक्रिया अघि बढ्छ”– सह–सचिव न्यौपानेले भन्नुभयो ।


  •  
  •  
  •