प्रहरीको गोली प्रहारबाट विप्लवका कार्यकर्ता घाइते

पेस्तोल बरामद
390
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओनएस) : कपिलवस्तुको शिवराज नगरपालिका ९ मा प्रहरीको गोली प्रहारबाट नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गा बहादुर रोका घाइते भएका छन् ।

फाइल तस्बिर

रोकाको शिवराज नगरपालिका वडा नं. ९ तुरुन्तपुर स्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकामाथि प्रहरीले गोली प्रहार गरेको हो ।

खुट्टामा गोली लागेका रोकालाई उपचारको लागि अञ्चल अस्पताल बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ ।
रोकाको घरबाट २ थान एएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको छ ।


  •  
  •  
  •