विप्लव समहूले जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न आग्रह

82
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : सरकारले प्रतिबन्धित नेकपा विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही गर्ने बताएको छ ।

जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।
२८ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिबन्ध लगाएको दुई साता वित्न नपाउँदै विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली सुदर्शनसहित आठ जना काभ्रेबाट पक्राउ परेका छन् ।

त्यसको भोलिपल्ट आज गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारबाही हुने प्रष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ ।’


  •  
  •  
  •