विप्लव नेकपाले भन्यो, ‘देशलाई गृहयुद्धमा धकेल्ने प्रयास भएको छ’

427
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफूहरुको प्रहरी र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नरहेको बताएको छ ।

मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुर्दशन’ले बिहिबार एक विज्ञप्ति मार्फत आफ्ना कार्यकर्तामाथि एकतर्फी आक्रमण गरिएको दाबी गरेका छन् ।

नेकपाले जवाफी फायर गरेको भनी सरकारी तर्फबाट आएको प्रतिक्रियालाई बकवासको संज्ञा दिइएको वर्तमान सरकार, गृह प्रशासन, सुरक्षा निकायका प्रमुख अधिकारीहरुले देशलाई गृहयुद्धमा धकेल्ने प्रयास गरिरहेको आरोप लगाइएको छ ।
कालोबजार, भ्रष्टचार, अत्याचार लुकाउन तथा अपराधलाई संस्थागत गर्न वर्तमान सरकार र गृह मन्त्रालयले गरिरहेको आरोप लगाइएको छ ।

तीन दिनअघि काभ्रेको रोशी गाउँपालिकामा भएको घटनामा प्रहरीले नेकपाका विशाल तामाङ, नुमबहादुर विक, शिव भिमाल र दिपेन्द्र राई पक्राउ गरेको थियो ।

यस्तै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको गतिविधिमाथि नियन्त्रणका नाममा देशमाथि नै प्रतिवन्ध लगाउनु फासिवादको भद्दा नमुना हो । फागुन २८ गते हाम्रो पार्टी र नेपाली जनताका लागि कालो दिनको रुपमा इंकित भएको छ ।’

यस्तै पार्टीले नेता तथा कार्यकर्ताहरुको शीघ्र रिहाइको लागि आग्रह समेत गरेको छ । सरकारले तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउने चेतावनी समेत दिएको छ ।


  •  
  •  
  •