विप्लवका पोलिटब्युरो सदस्य कार्की पक्राउ

364
  •  
  •  
  •  

काठमाडौं, २ चैत(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पोलिटब्युरो सदस्य मोहन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई शुक्रबार राति बालकुमारीस्थित उनकै डेराबाटै पक्राउ गरेको हो ।

सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका कार्की नै विप्लव समूहका सबैभन्दा ठूलो नेता हुन् । सामाजिक हितविपरीत क्रियाकलाप गरेको भन्दै प्रहरीले उनलाई भोलि मुद्दा चलाउन अदालत लैजाने तयारी गरेकोछ ।


  •  
  •  
  •