सहज वातारण भए सरकारसँग वार्ता गर्न तयार छौं : विप्लव(विज्ञप्तिसहित)

45
  •  
  •  
  •  


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सहज वातावरण भएमा सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको छ ।

महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् । चन्दले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’

 


  •  
  •  
  •