विप्लवको घरमा प्रहरीको छापा, विभिन्न हतियार बरामद

प्रहरी र स्थानीयबीच झडप
282
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : प्रहरीले बिहीबार नेत्रविक्रम चन्द (विप्लव) को कपिलवस्तुस्थित घरमा छापा मारी विभिन्न हतियारहरु बरामद गरेको छ ।

प्रहरी टोलीले कपिलवस्तुको शिवराज नगरपालिका– ९ शिवगढीस्थित विप्लवको घरमा छापा मारेको हो । सो क्रममा एसएमजी दुई थान, चाइनिज पेस्तोल एक थान, दुई सय राउन्ड गोलीसहित विस्फोटक पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रहरीले विप्लबसहित स्थानीय बासिन्दाका केही घरमा समेत छापा मारेको छ ।  त्यसक्रममा प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको थियो । झडपमा प्रहरी जवान अमर वली र पुतली चौधरी घाइते भएका छन् । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरेका व्यक्तिको नाम प्रहरीले गोप्य रोखेको छ । प्रहरीले विशेष सुराकीको आधारमा सर्च अपरेसन चलाएको थियो । अपरेसनका क्रममा विप्लवका भतिजा यादव चन्दको घरबाट समेत ठूलो मात्रामा हतियार बरामद भएको बताइएको छ ।


  •  
  •  
  •