धरौटी बुझाउन नसकेपछि विप्लका जिल्ला इन्चार्ज जेल चलान

298
  •  
  •  
  •  

मकवानपुर, ३ चैत(ओएनएस) : नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’लाई जिल्ला अदालतले कारागार पठाएको छ ।

सोमबारको थुनछेक आदेपछि अदालतले ज्वालालाई १८ हजार धरौटी माग गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि अदालतले ज्वालालाई भीमफेदी कारागार लगिएको हो ।

न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले ज्वालासँग धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई भीमफेदी कारागार पठाएको हो ।

केही महिनाअघि मनहरी गाउँपालिका वडा नं ३ मा विस्फोटक पदार्थ भेटिएको घटनामा उनी संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनलाई सोमबार अदालत पेश गरिएको थियो ।


  •  
  •  
  •