विप्लव नेकपाद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा(विज्ञप्तिसहित)

531
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारको विरोध गर्दै विज्ञप्ति जारी गरेको छ ।

पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गरेर आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध र गिरफ्तारी तथा धरपकडविरुद्ध आगामी वैशाख ५ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

यसअघि चैत्र १६ गते आह्वान गरिएको नेपाल बन्द एसईईको परीक्षा र नेपाल बार एशोसिएशनको चुनावका कारण फिर्ता लिएको थियो ।

यस्तै चैत्र २६ गतेदेखि वैशाख पाँच गतेसम्मको लागि चरणबद्ध संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । विज्ञप्तिमा ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको नेपाली जनताका क्रान्तिकारी कार्यक्रमविरुद्ध पागलपूर्ण राजनैतिक वकवास फैलाएको उल्लेख गरेको छ ।


  •  
  •  
  •