विप्लव समुहका सालिङ स्वायत्त प्रदेशका उपप्रमुख श्रेष्ठले गरे आत्मासमर्पण

407
  •  
  •  
  •  

सिन्धुली, २४ चैत (ओएनएस) : विप्लव समूहको भातृसंगठन ताम्सालिङ स्वायत्त प्रदेशका उपप्रमुख प्रेमबहादुर श्रेष्ठले आत्मासमर्पण गरेका छन् ।

श्रेष्ठले आइतबार जिल्ला प्रहरी कार्यालयमा आत्मासमर्पण गरेका हुन ।  पक्राउ गरी राज्य विरुद्धको मुद्दा चलाउने थाहा पाएरसँगै स्वतन्त्र रुपमा जीवनयापन गर्ने उद्देश्यले आत्मासमर्पण गरेको उनले बताएका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै उनले विप्लव समूहको भातृ संगठनको ताम्सालिङ प्रदेश उपप्रमुखको हैसियतमा यस समुहका विभिन्न गतिविधिमा सरिक हुँदै आएको स्वीकारेका छन् ।

हाल सो समूहले राज्यसत्ता प्राप्त गर्ने बहानामा विभिन्न हिसांत्मक गतिविधि गर्दै जबरजस्ती चन्दा असुली, आगजनी, तोडफोड गर्ने रणनीति लिएकोले त्यसप्रति असमहत भई पार्टी परित्याग गरेको बताए ।

विज्ञप्तिमा राज्यको कानूनको अधिनमा रही, कानून विपरित कुनै पनि गतिविधि नगर्ने उल्लेख गरेका छन् ।
रामेछाप खाडादेवी गाउँपालिका–१ स्थायी घर भई हाल सनुकाशी गाउँपालिका–५ रामटारमा खाडादेवी ईटा उद्योग संचालन गर्दै आएका श्रेष्ठ विगतमा तत्कालिन नेकपा माओवादीको जिल्ला कमिटीमा थिए ।


  •  
  •  
  •