‘विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ

892
  •  
  •  
  •  

काठमाडौं, २० चैत(ओएनएस) : नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

फाइल तस्बिर

प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामग्री बरामदसमेत गरेको प्रवक्त सुवेदीले बताए ।  राज्यविरुद्धको गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको उनको भनाइ छ ।


  •  
  •  
  •