चन्द समुहले नयाँ क्रान्तिको घोषण गर्दै

639
  •  
  •  
  •  

काठमाडौं १५ मंसिर (ओएनएस) : मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसँग सम्बन्धबिच्छेद गर्दै नयाँ पार्टी ‘नेकपा माओवादी’ गठन गरेका नेत्रविक्रम चन्दले आज पार्टीको नाम र कार्यदिशा घोषणा गर्ने भएका छन् । काठमाडौ.मार पत्रकार सम्मेलन गरि आफ्ना धारणा सार्वजनिक गर्ने उनको तयारी छ। दिउँसो जमलमा रहेका नाचघरमा पत्रकारसम्मेलन हुनेछ ।

पार्टीका नेता खड्गबहादुर विश्वकर्माका अनुसार चितवनमा भएको केन्द्रीय समितिको महत्वपूर्ण निर्णयहरु आज सार्वजनिक गरिनेछ । चन्द समुहले क्रान्तिकारी धारलाई समातेर जनविद्रोशह गर्ने नीति तय गरेको छ।

 ‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशाले जनवादी क्रान्तिलाई पूर्णता दिन नसक्ने भन्दै चन्दले गत असारदेखि एकीकृत क्रान्तिको कार्यदिशा अगाडि सार्दै आएका थिए। सोही कार्यदिशामा अगाडि बढ्न उनले नेकपा माओवादी गठन गरेका छन्। कार्यदिशा विकास गर्न पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय पार्टीले गरेको छ। 

भन्दपे नयाँ क्रान्तिको लागि होमिएको उद्घोष गरेका छन् । कस्तो क्रान्ति गर्ने भन्ने अहिलेसम्म सार्वजनिक नगरेका चन्दले यसअघिका भएका क्रान्तिको नाममा अवसरवादीहरु हआवी भएको र नेपाली जनाताले कुनै परिवर्तनको आभाव गर्न नपाएको नयाँ क्रान्ति गर्नुपरेको पनि बताएका छन् ।

चिन्ता र दोधारमा वैद्य


  •  
  •  
  •