कपिलवस्तुको शीवगढी जंगलमा बिप्लपको भूमिगत भेला

572
  •  
  •  
  •  

netra bikram chand daka_20140511010203काठमाडौं, २६ कात्तिक (ओएनएस): नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लव समूहले कपिलवस्तुको शीवगढी जंगलमा दुई दिने भूमिगत राष्ट्रिय भेला आयोजना गरेको छ ।

सचिव चन्द तथा पोलिटब्यूरो सदस्य खड‍्गबहादुर विश्वकर्मा सहभागि भेलामा ४१ जिल्लाका २–२ जना प्रतिनिधि तथा अवध राज्य अन्र्तगत कपिलवस्तु, रुपन्देही तथा नवलपरासीबाट ५–५ जना प्रतिनिधि सहभागि भएको कपिलवस्तुका जिल्ला इन्चार्ज चन्द्रबहादुर चन्दले जानकारी दिए । बुधबारबाट सुरु भेलाले अर्धभुमिगत आन्दोलन कसरी गर्ने भन्ने तय गर्ने उनले बताए ।

राष्ट्रिय भेलामार्फत अलग पार्टी गठन गरी भूमिगत छापामार संघर्ष सुरु गर्ने यसअघि विप्लपले बताएका थिए । छापामार संघर्ष गर्दा सुरुमा भ्रष्टाचारीमाथि भौतिक कारवाही गरिने बताइएको छ ।

यसअघि पार्टीले बोलाएको पदाधिकारी र पोलिटब्यूरो बैठक बहिस्कार गरेको बिप्लव समूहले राष्ट्रिय भेला बोलाएपछि पार्टी विभाजन पक्कापक्की जस्तै छ । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले सचिव नेत्रविक्रम चन्दलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउदै यस्तो गतिविधि तत्काल बन्द गर्न बिप्लवलाई आग्रह गरेका थिए । मंगलबार राजधानीमा सम्पन्न दुईदिने पोलिटब्यूरो बैठकले बिप्लवको गतिविधि पार्टी पद्दति विपरीत भएको ठहर गरेका थियो ।


  •  
  •  
  •