विप्लव माओवादीका १७ कार्यकर्तालाई सार्वजनिक मुद्दा चलाउने तयारी

145
  •  
  •  
  •  

Biplav (9)
फाइल फोटो

काठमाडौ, ८ चैत (ओएनएस) : लागानी बोर्डका कार्यकारी निर्देशक राधेस पन्तको निवासमा कालो झण्डा गाडेर फर्कने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १७ कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरिएको छ ।

उनीहरुलाई गृहमन्त्रीको ठाडो निर्देशनमा सार्वजनिक मुद्दा हाल्न लागिएको नेकपा माओवादीका एक नेताले जनाकारी दिए । उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालले थप ५ दिन हिरासतमा दिन समेत अनुमति दिएको छ ।

थप हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले उनीहरुलाई मुद्दा हाल्ने तयारी गरिरहेको बुझिएको छ ।

यसअघि माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरुण तेस्रो जलविद्युत आयोजनामा राष्ट्रघाती सम्झौताहरु गरिएको र त्यो सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेको भन्दै माओवादीले शुक्रबार नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक राधेस पन्तको घरमा कालो झण्डा राख्नुका साथै र विरोध प्रदर्शन गरेको थियो ।

सोही कार्यक्रमबाट प्रहरीले पूर्वमन्त्री पोलिटब्यूरो सदस्य समेत रहेका पदम राई र अर्का पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका) लाई गिरफ्तार गरेको थियो ।

उनीहरुसहित प्रहरीले १७ जना कार्यकर्ताहरु गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखेको छ । माओवादीले शुक्रबार गिरप्तार गरिएका आफ्ना नेता कार्यकर्तालाई रिहाइ गर्न माग गर्दै देशब्यापी आन्दोलनका कार्यक्रम घोषणा समेत गरेको छ ।


  •  
  •  
  •