कालो झण्डा गाडेपछि विप्लव माओवादीका दुई दर्जन नेता-कार्यकर्ता पक्राउ

229
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (ओएनएस) :  लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा कालो झण्डा गाडेर फर्कने क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका दुई दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।

बाँसबारीस्थित पन्तको निवासमा कालो झण्डा गाडेर फर्कने  क्रममा उनीहरुलाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोलीटब्यूृरो सदस्य तथा पूर्व मन्त्री पदम राई, ईश्वरी दाहाल ‘असारे काका’ लगायतका छन् । राई पूर्वआवास तथा भौतीक योजना राज्यमन्त्री हुन् । उनीहरुलाई प्रहरीले हानुमानढोका लगेको छ ।

माओवादीले माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्झौता राष्ट्रघाती भएको बताउँदै उक्त आयोजनामा हस्ताक्षर गरेकोले पन्तको निवासमा कालो झण्डा गाडेको जनाएको छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिने सम्झौता नेपालको हितमा नरहेको बताउँदै  आएको छ । उनीहरुले पन्त नेपालको जलविद्युत विकासमा राष्ट्रघाती भूमिका खेल्न सक्रिय भएको समेत आरोप लगाएको छ ।


  •  
  •  
  •