विप्लव माओवादीको युवा संगठनले नाकाबन्दी विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने

225
  •  
  •  
  •  

काठमाडौँ, २२ कात्तिक(ओएनएस) : नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको यूवा भातृ संगठन राष्ट्रिय यूवा जनस्वयम् सेवकले नाकाबन्दीमार्फत भारतले नेपाली राजनीतिमा गर्न खोजिरहेको आरोप लगाएको छ ।

संगठनले आईतबार पत्रकार सम्मेलन गरेर भारतले नेपालमा गरिरहेको हस्तक्षेपको विरुद्धमा देशब्यापी रूपमा भण्डाफोर अभियानको घोषणा गरेको छ । आगामी मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म दुई महिना पूर्व मेचीदेखि पश्चिम महाकालीका तराईका जिल्ला र प्रमुख शहरहरुमा यो अभियान सञ्चालन हुने संगठनले जनाएको छ ।

संगठनले नेपाल भारत सीमा क्षेत्रमा सीमा सुरक्षा बल गठन गरेर परिचालन गर्दै त्यसकोलागि सरकारले आवश्यक ठाने ६ महिनासम्मकोलागि एक लाख यूवा परिचालन गर्न समेत आफू तयार रहेको स्पष्ट पारेको छ ।

त्यसैगरी, औषधी र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारसँग माग गर्दै कालाबजारी, माफीयातन्त्र, दलालीकरण र भ्रष्टाचारको विरुद्ध कडा कार्यक्रम गर्ने घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष झकबहादुर मल्लले भारतीय विस्तारबादको कारण मुलुक संकटमा परेको भन्दै यस्तो बेलामा त्यसका विरुद्ध लड्न आफूहरु तयार भएको बताए ।


  •  
  •  
  •