विप्लपको नयाँ पार्टी काठमाडौमा घोषणा हुने

210
  •  
  •  
  •  

biplav काठमाडौं, १४ मंसिर (ओएनएस) : नेत्रविक्रम चन्द विप्लव समूहले नयाँ  पार्टी ‘नेकपा माओवादी’ गठन गर्ने भएको छ ।  काठमाडौं फर्केपछि पार्टी घोषणा हुनेछ ।

चितवनमा शनिबार सम्पन्न बैठकले आगामी पुस २१ गते राष्ट्रिय सम्मेलन गर्ने निणर्य गरेको हो । त्यसका लागि विप्लवको नेतृत्वमा आयोजक समिति गठन भएको एक नेताले बताए ।

मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीको बैठकमा सम्वन्ध विच्छेदको पत्र बुझाएपछी विप्लवले आपप्नो पक्षको नेताहरुको बैठक  चितवनमा बोलाएका थिए । बैठकमा खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलालगायत  नेताहरु सहभागी थिए ।

बैठकमा शीर्ष नेताहरुको ५ सदस्यीय टीम बनाउने प्रस्ताव पनि आएको थियो । पार्टी गठनबारे थप जानकारी १५ गते पत्रकार सम्मेलन गरेर दिइने नेताहरुले बताएका छन् । पत्रकार सम्मेलनमा विप्लव स्वयंम उपस्थित हुने बताइएको छ ।


  •  
  •  
  •