काठमाडौं, १२ माघ (ओएनएस) : एमाओवादी लगायतका विपक्षी सभासदको विरोधका बीच सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार प्रस्ताव निर्माण समिति गठन गर्नुलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सहमतिको निषेध गरिएको बताएको छ ।
महासचिव विप्लवले सोमबार जारी गरेको प्रेश विज्ञप्तिमा संविधानसभामा भएको उक्त कदम विगतका शान्ति सम्झौताको पूर्ण उलंघन गर्दै नेपाली जनताको मुक्ति र प्रगतिको चाहनाविरुद्ध भएको जनाइएको छ ।
साथै विज्ञप्तिमा अधिनायकत्व प्रयोग गरी सहमति, सहकार्य र सत्ता साझेदारीको सम्पूर्ण सम्भावनाको निषेध गरिएको बताउँदै त्यसले विगतमा भएका सम्पूर्ण सहमति तथा शान्ति प्रक्रियाको अन्त्य गर्नेतिर लगेको उल्लेख गरिएको छ ।
माओवादीले अहिलेको परिस्थितिमा संसदभित्र सम्भावनाका खोजी गर्ने बाहना गर्नु एमाओवादी लगायतका बामपन्थी शक्तिका लागि मृगमरिचीका बाहेक केही हुन नसक्ने भन्दै कुनैपनि भ्रममा नपरी राजीनामा गरी जनताको बिचमा आउन र अर्को राजनैतिक सहमतिको पक्षमा संघर्षमा उत्रनका लागि पनि आग्रह गरिएको छ ।