विप्लव माओवादीले भन्यो : संविधानसभा त्यागेर जनतामा आउँ

190
  •  
  •  
  •  

काठमाडौं, ८ माघ (ओएनएस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले जनताको संविधानको लागि एमाओवादी लगायतका राजनीतिक पार्टीलाई तत्काल संविधानसभा त्यागेर संघर्षमा उत्रन आग्रह गरेको छ ।

पछिल्लो राजनीतिक घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनमा गरेर सो धारणा सार्वजनिक गरेको हो । ‘एमाओवादी र अन्य राजनैतिक दलहरु यदि जनताको संविधानकै लागि संघर्षमा उत्रिएका हुनभने तत्कालन संविधानसभा त्यागेर जनतामा फर्किउन भन्ने हाम्रो आग्रह छ’ महासचिव चन्दद्वारा हस्ताक्षतिर विज्ञाप्तीमा भनिएको छ ।

माओवादी र संसदवादी पार्टीहरुको सहमतिमा नयाँ संविधान लेखिनुपर्ने भन्दै अहिलेको संविधानसभालाई भङ्ग गरिनुपर्ने बताएको छ । पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले वाचन गरेको प्रेस विज्ञाप्तीमा ‘जनताको संविधान लेख्नका लागि नयाँ सहमति सहितको अधिकार सम्पन्न राष्ट्रिय राजनैतिक सभा गठन गरिनुपर्दछ’ भनिएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले सत्तापक्ष सहमति भत्काउँदै एकलौटी सत्ता कब्जा गर्नेतिर गएर देशलाई द्वन्द्वतिर धकेल्न खोजेको दाबी गर्दै देशलाई बचाउन, सहमतिलाई कार्यान्वयन गराउन र देशलाई निकास दिन सबै नागरिकहरुलाई आन्दोलनमा उत्रन आग्रह समेत गरे । उनले आफूहरुले संविधानसभालाई बहिस्कार गरेको कुरा माघ ८ मा आएर पुष्टि भएको बताए ।

https://www.youtube.com/watch?v=KV2h1xrJclQ&x-yt-cl=84359240&x-yt-ts=1421782837#t=11038


  •  
  •  
  •