‘कुकुर हड्डीमा झुम्मिए झै कुर्सीको लागि नेताहरु लड्दैछन्’ : विप्लव

229
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस (ओएनएस) : नेकपा मओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लवले ‘कुकुर हड्डीमा झुम्मिए’ झै कुर्सीको लागि नेताहरु लड्ने गरेको आरोप लगाएका छन् ।

राजधानीकोे खुल्ला मञ्चमा शुक्रबार माओ दिवसको अवसरमा आयोजित आमसभामा विप्लवले नेताहरुलाई जनताको सवाल भन्दा पनि कुर्सि प्यारो भएको आरोप लगाउँदै त्यसको लागि आरोप प्रत्यारोपमा उत्रिएको बताए ।

अघिल्लो साता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको आरोप प्रत्यारोपप्रति लक्षित गर्दै विप्लवले भने ‘जनता कहाँ छन्, तिनीहरुलाई वास्ता छैन । मुख नधुदै, आँखा मिच्छै एक–एकलाई गाली गर्न थाल्छन्, प्रधानमन्त्री को बन्नु पर्छ, राष्ट्रपति को बन्नुपर्छ , रातारात करोडपति र अबरपति कसरी बन्नुपर्छ भन्नेमा नेताहरु केन्द्रित छन् । हामीलाई यसमा घृणा लाग्छ ।’

Biplav (8)

उनले युद्धकालिन अवस्थाको सम्झना गर्दै दशौ हजार मानिसको बलिदानको बिषयमा प्रचण्ड लगायतका नेताहरु मौन बसेकोले त्यसको जवाफ दिन आफुहरु आन्दोलनमा उत्रिएको बताए । ‘काठमाडौंबाट प्रचण्ड–बाबुरामले नेपाली जनताको अधिकारबारे अपील गर्नको लागि हामी रोल्पाको चुनवाङबाट आएका थियौ । उहाँहरुले यो मञ्चबाट ‘हामी तपाईको सेवा गर्न चाहान्छौ’ भनेर अपील गर्नुहुन्छ भन्ने हामीले सोचेका थियौ, तर जनताले चाहेको जवाफ कता–कता आकाशमा हराएको जस्तो, विलाएको जस्तो भयो । जवाफ नआएपछि हामी आन्दोलनमा लाग्नु परेको छ । ’

उनले जनयुद्धमा बलिदान गरेका जनतालाई जवाफ नदिएर प्रचण्डले जिब्रो चपाउने गरेको गरेको समेत आरेप लगाए । ‘हामीले प्रचण्डसँग जवाफ मागेका थियौं, उहाँले जिब्रो चपाउनुभयो, किरणजीले जवाफ दिनुहुन्छ कि भन्ने आशा ग¥यौं, उहाँले जवाफ दिनुभएन ।’ विप्लवले भने ।

Biplav (10)

उनले देशमा माओवादीबिरुद्ध युद्ध छेडिएको बताउँदै युद्धको बदला युद्धले नै जवाफ दिने धम्बकी दिए । उनले अघि भने ‘माओवादीले धोका दियो तपाईहरुले भन्ने यही हुन्छ विश्लेशक, लेखकहरु के भन्छन् भने अब माओवादी सिद्धियो ।’ उनले खुल्ला मञ्चमा थेरै मानिस उपस्थित भएकोतर्फ इङ्कित गर्दै भने ‘ सानो फिलिङ्गो पनि ठीक ठाउमा पर्यो भने विशाल आगो बन्न सक्छ । ’

उनले संविधानसभाको विघटन गर्नु पर्ने बताउँदै भन् विप्लव भने ‘ जनताकोबिरुद्धको कानुन बनाउदैछन्, हामी मान्दैनौ, यो जनताले अनुमोदन गरेको संविधानसभाहोइन, यो नक्कली संविधानमा भंग गरेर नयाँ राजनीतिक राष्ट्रिय राजनीतिक सभाबाट संविधान बनाउनुपर्छ । ’ उनले नेपाली युवाहरुलाई देशको स्वाधिनताको लागि नेपालमा आवश्यक पर्यो भने एकपटक बलिदान दिनको लागि तयार हुन आग्रह गरे ।

Biplav (7)


  •  
  •  
  •